नियम ४
विवरण जाँच गर्न तथा सनाखत गर्न सक्ने
(१) आयोगले नियम ३ को उपनियम (३) बमोजिम पेश भएको प्रतिबद्धता तथा उद्घोषणपत्रमा उल्लिखित विवरण सम्बन्धित मतदाता नामावलीमा रहेको विवरणसँग भिडाई जाँच गर्न सक्नेछ ।
(२) उपनियम (१) बमोजिम जाँच गर्दा त्यस्तो प्रतिबद्धता तथा उद्घोषणपत्रमा उल्लिखित विवरणमा कुनै कमी वा त्रुटि रहेको पाइएमा त्यस्तो विवरण पूरा गरी वा सच्याई ल्याउन आयोगले सम्बन्धित दललाई बढीमा सात दिन सम्मको समय दिन सक्नेछ ।
(३) आयोगले दल दर्ताको लागि पेश भएको निवेदन जाँचबुझ गर्ने क्रममा आवश्यकता अनुसार प्रस्तावित दलको प्रमुख पदाधिकारी र केन्द्रीय समितिका सदस्यसँग छलफल गर्न वा आयोगमा उपस्थित हुन लगाई निजहरुको हस्ताक्षर अनुसूची–४ बमोजिम सनाखत गराउन सक्नेछ । यसरी सनाखतको लागि आयोगमा उपस्थित गराउन तोकिएको मितिमा उपस्थित नहुने पदाधिकारी वा सदस्यलाई पछि सनाखत गराइने छैन ।